Kauso 1काठमाडौ। नेपाली चलचित्रको बजार खस्किरहेको भनाई बजारमा व्यापक रुपमा आइरहेतापनि चलचित्र निर्माणमा भने उर्बरता देखिएको छ। चलचित्र निर्माणको एककिसिमले बाँढी नै देखिन थालेको छ। त्यस बाँढीलाई अग्रता दिने क्रममा नयाँ चलचित्र काउसो देखिएको छ।

चलचित्रको नाम नै काउसो भएपछि यस चलचित्रले नेपाली चलचित्र उद्योगमा बेग्लै धारवाट काउसो लगाउने लगभग निश्चित रहेको यस चलचित्रको निर्माण सल्लाहकार समेत रहेका अग्रज पत्रकार सानुकाजी श्रेष्ठको जिकिर रहेको छ। छायाँकनको लगभग अन्तिम चरणमा रहेको यस चलचित्र काउसोको छायाँकन बनेपा–सिन्धुली बीपी राजमार्गको सुन्दर तरेली परेको दृश्यमा केही दिनअघि संपन्न भएको छ।

अव काठमाडौ उपत्यकामा संपूर्ण छायाँकन पूरा गर्ने उदेश्य सहित काठमाडौ भित्रिएको चलचित्र काउसोमा अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुति हो। यस चलचित्र काउसोमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, सनि भट्टराई, शान्ताकारम थापा, सुरेन्द्र चापागाई, रामचन्द्र अधिकारी, उग्रशेन ढुंगाना, नविन आचार्य, गौतम भण्डारी, अनु पराजुली, वाल कलाकार असिम तिमल्सिना आदिको अभिनय रहेको छ।

प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन भने गीत, कथा, निर्देशक मदन घिमिरे, निर्मातामा सिताराम तिमल्सिना ‘ज्याक’, भगवान खत्री, पटकथा, सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, छायाँकन रामेश्वार हुमागाई, प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् । एक दर्जन चलचित्रमा नायकको रुपमा काम गरिसकेका राजेन्द्र वस्नेतको सकृयतामा निर्मित चलचित्र ‘काउसो’को बाँकी छायाँकन हुने भएको छ।kauso2 (3)प्रकाशन मिति–२०७४ साल बैशाख २१ गते विहीवार ।