Brindaban teej 3काठमाडौ। नेपाली कथानक चलचित्र वृन्दाबन युनिटले चलचित्रको प्रचार, प्रसारलाई तिब्रता दिने क्रममा भिन्न शैली अपनाउंदै आएको छ। देशब्यापी रुपमा सफाई अभियान, अनाथ आश्रमका बालबालिकाहरुलाई निःशुल्क भोजन जस्ता कार्यक्रम संपन्न गरिसकेको छ।

त्यसको अलावा चलचित्र बृन्दावनको ब्यानर सहित उपत्यका भित्रका चोक, चोकमा ट्राफिक जनचेतना जागृत गराउने कार्यक्रम राखेको चलचित्र निर्माण युनिटले बताएको छ। त्यसको अलावा नेपाली हिन्दू नारीहरुको महान पर्व तीजको अवसर पारेर यही भाद्र १३ गते राष्ट्रिय सभागृह भृकुटी मण्डपमा बृहत साँस्कृतिक कार्यक्रम सहित दर खुवाउने कार्यक्रम समेत राखिएको निर्माताव्दय रुद्र खनाल र कालम जि.सि.ले बताएका छन्।

Brindaban teej 2

रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र वृन्दाबन भाद्र १७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्र वृन्दाबनका लेखक, निर्देशन राजबहादुर साने हुन् । चलचित्र वृन्दाबनमा किशोर खतिवडा, शिल्पा पोखरेल आदिको मुख्य भूमिका रहेको छ ।
प्रकाशन मिति–२०७३ साल साउन ३२ गते मंगलवार ।