![Tuyumati-Manish Kumar Shrestha's glories & great Nepal Bhasha Film.](http://www.visionsansar.com/wp-content/uploads/2016/08/Tuyumati-in-Gun-Gwarko-5.jpg)
काठमाडौ। नेपाल र बेलायतमा छायांकन भएको पहिलो नेपालभाषाको चर्चित चलचित्र तुयुमति अव नेपालका सिनेमा हलहरुमा सार्वजनिक प्रदर्शन हुने भएको छ। आगामी चैत्र महिनाको पहिलो हप्तातिर यस चलचित्रले नेपालका हलमा प्रदर्शनका लागि डेट पाएको छ।
![Mr.Manish Kumar Shrestha-Producer & Actor of Film TUYUMATI](http://www.visionsansar.com/wp-content/uploads/2016/08/Tuyumati-in-Gun-Gwarko-3.jpg)
काठमाडौ र काठमाडौ बाहिर एकसाथ प्रदर्शन गर्नको लागि हाल व्यापक तयारी भैरहेको यस चलचित्रका निर्माता तथा अभिनेता मनिष कुमार श्रेष्ठले जानकारी दिएका छन्। नेपालभाषामा निर्माण भएको चलचित्र तुयुमतिमा अंग्रेजी सवटाइटलिङ्ग समेत भएकोले गैह्रनेपालभाषीहरुले पनि सहजै बुझ्ने दावी निर्माता श्रेष्ठको रहेको छ। उनका अनुसार, चलचित्र तुयुमति नेपाली भाषामा समेत तयार भएकोले कतिपय चलचित्र हलमा नेपाली भाषामा हेर्न पाइने भएको छ। काठमाडौ उपत्यकाका हलहरुमा सकभर नेपालभाषामा र काठमाडौ बाहिरका हलहरुमा नेपाली भाषामा प्रदर्शन गर्ने जानकारी पनि श्रेष्ठले दिएका छन्।
नेपालवाट बेलायत जाने नेपालीको सपनाको कथालाई रोमाञ्चकारी ढंगले प्रस्तुत गरिएको चलचित्र तुयुमतिमा नेपालका एक से एक कलाकारहरुको अभिनय रहेको छ। नेपालका बरिष्ठ हाँस्यअभिनेता मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, धीरेन शाक्य, राजेन्द्र खड्गी, राजमति हिसिला महर्जन, मणिराज लवटका साथमा मनिष कुमार श्रेष्ठ,अन्नपूर्णेश्वरी शिल्पकार, कृष्णभक्त महर्जन, सविन शाक्य–चाकुचा लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ। निर्देशन आर्यम नकर्मीले गरेका छन्।
प्रकाशन मिति–२०७३ साल पुष १२ गते मंगलवार ।