swojan-raghubanshi-3काठमाडौ। पाटनको कृष्ण मन्दिरको डबलीमा हरेक बर्ष कात्तिक महिनामा नाचिने प्रसिद्ध कात्तिक नाचका अदभूत अवतार मानिएका कलाकार स्वजन रघुबंशीले यो बर्ष चार रात मात्र नाचे। उषा, मोहिनी र अप्सराको भूमिकामा अभिनयको हाउभाउका साथमा नाच प्रस्तुत गर्ने कार्य रघुबंशीवाट भएको छ।

मस्त तरुनी उषा, मोहिनी र अप्सरा बनेर रघुबंशी नाच्दा नाच हेर्ने सवैजना स्वर्गवाट भुलेर धर्तीमा आएकी अप्सरा पो हुन कि भनेर झुक्किने गरेका छन्। जसले गर्दा रघुबंशी उषा, मोहिनी र अप्सरा नै हो कि भनेर उनको पछि–पछि लाग्ने धेरै पाइने गरेको छ। रघुबंशीको हाउभाउ तथा मोहक नाचले सवैलाई झुक्याउने गरेको छ।

swojan-raghubanshi-5

मस्तकी तरुनी बनेर नाचको तालमा अभिनय गर्दा उनी पुरुष हो कि भन्ने पटक्के आभास हुंदैन। उनी आफूले आफैलाई पनि पुरुष भएको कुरा विर्सने गर्छन्। यसले गर्दा पनि उनको अभिनय तथा नाचमा जीवन्तता आउने गरेको छ। अघिल्ला बर्षहरुमा १२ रातसम्म नाच्ने गरेका रघुबंशीले गत बर्ष भने खुट्टामा आएको समस्याले नाच्न पाएन।

swojan-raghubanshi-2यो बर्ष चार रात मात्र नाच्नुको पछाडि नयाँ कलाकारहरुलाई पनि मौका तथा अवसर दिन हो भनेर उनले भनेका छन्। कात्तिक नाचमा विगत १९ बर्षदेखि लगातार सहभागिता जनाउंदै आएका रघुबंशीले हालै मात्र भारतको इलाहावाद विश्वविद्यालयवाट कत्थक नृत्यको चौथो बर्षको परिक्षामा टप बनेका छन्।

swojan-raghubanshi-4नेपालको कलानिधि संगीत महाविद्यालयवाट उक्त विश्वविद्यालयमा जाँच दिएका उनी गोल्डमेडलिष्ट नै बन्न सफल भएका छन्। सिर्जना कलेज अफ फाइन आर्टमा पनि भरत नाट्यम चर्या र कल्चर डान्स पनि पढिरहेको बताएका छन्।

swojan-raghubanshi-1

केही महिना अगाडि मात्र चीनको बेइजिङ्गमा भएको सांस्कृतिक कार्यक्रममा टिपिकल नेपाली डान्स प्रस्तुत गरेर वाहवाही पाउन सफलता पाएका रघुबंशीले धेरै ट्यालेन्ट–शोहरुमा निर्णायकको भूमिका पनि गरिसकेका छन्। हालैमात्र भएको नेवा म्युजिकल नाइटमा भरत नाट्यम र बोइङ्गको फ्युजन डान्स प्रस्तुत गरेर थप चर्चामा आएका उनले भारतीय राजदूतावासव्दारा काठमाडौमा आयोजित बीपी कोइराला फाउण्डेसनको २५ औं बार्षिक उत्सवमा पनि रघुबंशीले गरेको बेग्लै डान्स प्रस्तुतिले चर्चा पाएको थियो।swojan-raghubanshi-8काठमाडौ जेसिजको भाइस प्रेसिडेन्ट समेत रहेका उनले केही गीतका म्युजिक भिडियोहरुमा पनि बेजोड अभिनय गरेका छन्। त्यसको अलावा काठमाडौ र ललितपुरका पांच वटा स्कुलहरुमा डान्स टिचरको रुपमा पनि कार्यरत रहेका उनलाई भ्याइँनभ्याइँ भएको छ। पाटनको तलेजु मन्दिरका पूजारी समेत रहेका २७ बर्ष
बर्षिय रघुबंशी डान्समा नै जिन्दगी देखेका उनी डान्सलाई नै भगवान मान्छन्।

swojan-raghubanshi-6प्रकाशन मिति–२०७३ साल पुष १३ गते बुधवार ।