jaya-ojha-with-abaran-4

काठमाडौ । नेपाली साहित्यमा केही बर्षयता नेपाली चलचित्रका कलाकारहरुको पनि प्रवेश भएको छ। चलचित्रमा कलाकारिता गर्ने कलाकारले साहित्यमा बेग्लै नाम कमाएको विभिन्न दृष्टान्तहरु पनि पाइएको छ। त्यस दृष्टान्तमा अभिनेत्री जया ओझा पृथक नामको रुपमा देखिएकी छन्।

jaya-ojha-with-abaran-1कुनै बेला प्रदर्शनमा आएको चलचित्र भाइमाराको नायिका तथा लामो भागको सिरियल तितो–सत्यमा भाँडा मांझ्दा मांझ्दै सांसद बनेकी सांसदको यथार्थ कथावस्तुमा अभिनय गरेर तहल्का मच्चाएकी यिनै जया ओझाले केही समय यतादेखि जीवनको मोड बदलिएकी हुन्। जयाले कलाकारिता कम र बढी आफूलाई लेख्न अभ्यस्त बनाउंदै आएकी छन्।

jaya-ojha-with-abaran-3सोही अभ्यस्तताको क्रममा आधा दर्जन चलचित्र लेखिसकेकी उनले गत हप्ता मात्र आवरण नामक पहिलो उपन्यास सार्वजनिक गरेकी छन्। नेपालका भाषाकार ९४ बर्षिय भाषाविद बसन्तकुमार शर्मा नेपालवाट जयाको पहिलो उपन्यास आवरणको लोकार्पण भएको छ। अन्तरलिङ्गीको कथा तथा व्यथामा आधारित उपन्यासमा म पात्र मार्फत जयाले अन्तरलिङ्गीको यथार्थ कथा–व्यथा पस्कने प्रयास गरेकी छन्। जुन उपन्यास सार्वजनिक भएपछि कतिले लेखिका जया ओझा आफै अन्तरलिङ्गी पो हुन कि भनेर प्रतिक्रिया दिने गरेको छ।

jaya-ojha-with-abaran-2अन्तरलिङ्गी भएकै कारणले उनको हालसम्म विवाह पो नभएको हो कि भन्ने सवै शंका र उपशंकालाई दूर गर्दै आवरण उपन्यास विमोचन समारोहमा नै आफू अन्तरलिङ्गी नभएको र पूर्ण बयस्क नारी भएको खुलासा गरेकी छन्। विवाह भन्ने कुरा अत्यन्त नीजि कुरा हो। त्यो जीवनमा हुनपनि सक्छ र नहुन पनि सक्छ। जुन भोलिको कुरा हो। त्यो कुरालाई लिएर तुरुन्तै अन्तरलिङ्गी भनेर लघुशंका गर्नु आवश्यक नरहेको जयाको स्पष्ट धारणा रहेको छ।

jaya-ojha-in-greenआवरण उपन्यास भित्र चित्रण गरिएको पात्र आफूले देखेको र सानैदेखि अनुभुत गर्दै आएको पात्रलाई जस्ताको तस्तै प्रस्तुत गर्ने कोशिश मात्र हो भनेर उनले भनेकी छन्। त्यसको मतलव जया अन्तरलिङ्गी अवश्य नभएको दोहो¥याएर प्रतिक्रिया दिएकी छन्।
प्रकाशन मिति–२०७३ साल पुष १३ गते बुधवार ।