• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

पत्नी वियोगमा जन्मेको प्रकाश कुइँकेलको अमरपुत्र

पत्नी वियोगमा जन्मेको प्रकाश कुइँकेलको अमरपुत्र

Prakash Kuinkel.

0
VIEWS

काठमाडौ । कालजयी गीतका गीतकार प्रकाश कुइँकेललाई जाडो मौसम त्यति मन पर्दैन । शरीरले सधैं न्यानो तथा तातो माग्ने गर्दछ । जसलेगर्दा जाडो भन्दा गर्मी याम नै प्यारो मान्ने गीतकार कुइँकेलको एक दशक अगाडि गन्तव्य नामक गीति–एल्बम निक्लेको थियो। तीसको दशकबाट गीत लेख्दै आएतापनि पचासको अन्ततिर मात्र बजारमा आएको उक्त एल्वमको एक गीत निक्कै नै हिट बन्यो।

Prakash Kuinkel.
Prakash Kuinkel.

कर्णदासको गायन रहेको रंगियो सिंउदो रातै भएर चिरियो छात्ति धाँजा फाटेर बोलको उक्त गीतले कुइँकेललाई सांगीतिक बजारमा बेग्लै नाम दियो । सोही एल्वममा रहेको अर्को कालजयी गीत वरिपरि तारामाझ तिमी जुन पाउने होला तिमीलाई भाग्यमानी कुन बोलको गीतले सुन्ने सवैलाई गंभीर मोडमा पु¥यायो । स्वरुपराज आचार्यको गायन रहेको उक्त गीत रेडियो एफएमहरुमा बज्दा कतिपय स्रोताहरु अतित संझेर भक्कानिएको पनि पाइए।

Prakash Kuinkel in young time.
Prakash Kuinkel in young time.

गंभीर प्रकृतिका प्रेम पीडाका गीत लेख्नमा खप्पिस गीतकार कुइँकेलका गीत लेखनमा स्वर्गिय हरिभक्त कटुवाल र उनको प्राप्ति शिर्षकको कविता प्रेरणा मानिएको छ । सोही प्राप्ति कविता पछि स्वरसम्राट नारायण गोपालको गायनमा मलाई नसोध कहाँ दुख्छ घाउ म जे छु ठीकै छु विथोल्न नआऊ बोलको कालजयी गीत बन्यो ।

जुन सवैको कर्णप्रिय गीत भयो। कटुवालको यही कविता तथा गीतबाट प्रेरित बनेर गीत लेख्न थालेका गीतकार कुइँकेलको पहिलो गीत कहाँ छ–त्यो ठाउँ जहाँ तिमी छैनौ बोलको हो । जुन गीतलाई गायक आनन्द कार्कीले सुशील विश्वकर्माको संगीतमा वि.सं.२०४७ सालमा रेकर्ड गरेर गाएका थिए।

त्यसपछि वि.सं.२०४९ सालमा छातिभित्र ढुकढुकी ढुकढुकीमा तिमी बोलको गीत पत्रिकामा छापेको भरमा विना चिनजान टीका भण्डारीले रेडियो नेपालमा रेकर्ड गरेर गाए । उक्त गीत रेडियो नेपालमा हिट भएको बर्षौ बर्ष पछि टीका भण्डारीसँग परिचय भयो। त्यसपछि भण्डारीकै एकल संगीतमा गन्तव्य एल्बम बजारमा ल्याएको उनले बताए।

गन्तव्यमा संग्रहित सवै गीत कर्णप्रिय रहेको छ । त्रि.वि.वि.वाट अर्थशास्त्रमा स्नातकोत्तर ५८ बर्षिय गीतकार प्रकाश कुइँकेल यतिखेर गन्तव्य–२ नामक अर्को एल्बम निकाल्ने तर्खरमा रहेका छन्। पहिलो एल्वम गन्तव्यबाट दाम कमाउन नसकेपनि नाम कमाउन सफल गीतकार कुइँकेललाई गन्तव्यले गीत लेखनको सही गन्तव्य दिएको मानिएको छ।

Prakash Kuinkel 2

निक्कै भावुक र गंभीर प्रकृतिका गीतकार कुइँकेल दुःखीमा अति दुःखी हुने गर्दछ र खुशीमा अति नै खुशी हुने गर्दछन् । जसको कुनै सीमा नहुने तथा शर्त पनि नहुने ठोकुवा उनको रहेको छ । उनी गीत लेख्दा आफू संसारभरको सवभन्दा दुःखी तथा खुशी संझेर लेख्ने गीतकार भएको खुलासा गर्छन् । त्यसरी लेखेमा मात्र गीतले जीवन्तता तथा यथार्थता पाउने गरेको सूत्र उनको रहेको छ । उनका सवै गीतमा यथार्थता लुकेको पाइन्छ ।

Prakash Kuikel with his late beloved spouse Anju Kuinkel
Prakash Kuikel with his late beloved spouse Anju Kuinkel

गन्तव्य–२ का लागि तयार भएको राजु सिंहको संगीत रहेको मृगतृष्णा भयो जीवन कहाँ देखुँ कहाँ भेटँु तिम्रो नाम बगरभरि कति लेखुँ कति मेटुँ बोलको स्वरुपराज आचार्यले गाएको गीत उनकै जीवनमा घटेको यथार्थपरक घटनामा आधारित रहेको छ। जुन गीत लेख्दा धेरैपल्ट उनले सिरानी भिजाएका छन् । कयौ रात गीतको अन्तरा पूरा गर्ने क्रममा आफै भक्कानिएर उनी रोएका छन् । पत्नी वियोग पछि सिर्जना भएको गीत भएर पनि होला–उनलाई यो गीत अमर पुत्र जस्तो बनेको छ ।
प्रकाशन मिति–२०७३ साल माघ ४ गते मंगलवार ।

Tags: #Prakash Kuikelपत्नी वियोगमा जन्मेको प्रकाश कुइँकेलको अमरपुत्र
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57953
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.