काठमाडौ। बेलायतको नेपाली नाटकको इतिहास रच्न सफल समय दृश्यको सफल मञ्चन पछि पछिल्लो अर्को मञ्चित नाटकको नाम जीगिषा हो। जीगिषाको नेपाली शव्दकोषमा जित्ने इच्छा रहेको छ। यही जित्ने इच्छा रहेको बहुचर्चित नाटक जीगिषा बेलायतमा हाल मञ्चनकै उपक्रममा रहेको छ।
बेलायतमा रहेका अग्रज रंगकर्मी नाटक निर्देशक सनम कुमार बैरागको लेखन तथा निर्देशन रहेको नाटक जीगिषाको सफलता पछाडि धेरैको हात रहेको छ। ती हातहरुलाई नाट्यकर्मी बैरागले संझेका छन्। स्कटल्याण्डको रोक्सी थियटरमा प्रस्तुत नाटक जीगिषाको सफलतामा स्कटल्याण्डमा रहेका विजय डंगोल, चरण प्रधान र ग्लास्कोमा रहेका सागर खत्री तथा साथीहरुको सहयोग रहेको बैरागको भनाई रहेको छ।
![Mr.Sagar Khatri](http://www.visionsansar.com/wp-content/uploads/2017/05/Sagar-Khatri.jpg)
स्कटल्याण्डमा दुईसय दर्शकले दिएको अपार साथ र मायावाट प्रेरित सागर खत्रीले यतिले चित्त नबुझेको कुरा गर्छन्। जीगिषा जस्तो ऐतिहासिक नाटक फेरि मञ्चन गर्नुपर्दछ भनेर बैरागलाई घचघचाउने क्रममा आफैले पहल गरेर जी एस टीमको संयुक्त प्रयासमा ब्रमिङ्गघममा जीगिषा नाटकको यही १२ जुनमा मञ्चन गर्ने जिम्मा लिने कार्य सागर खत्रीवाट भएको छ।
सागर खत्रीको प्रयास र सहयोगमा ब्रमिङ्गघममा नाटक जीगिषा मञ्चन गर्न आफ्नो टीम तयार भैसकेको नाट्यकर्मी बैरागले भिजन संसारसंगको संक्षिप्त कुराकानीमा बताएका छन्।
![Jeegisha Drama Team](http://www.visionsansar.com/wp-content/uploads/2017/05/Jeegisha-in-UK.1.jpg)
प्रकाशन मिति–२०७४ साल जेष्ठ १३ गते शनिवार ।