Vetran Nepalese Song Writer Kiran Kharel
Vetran Nepalese Song Writer Kiran Kharel

काठमाडौ। नेपालका वरिष्ठ गीतकार किरण खरेल हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कारबाट सम्मानित भएका छन् । हीरासिंह खत्री स्मृति चलचित्र सम्मान गुठीवाट गीतकार खरेललाई सम्मानित गरेको हो।

ललितपुरमा शनिवार आयोजित कार्यक्रममा शताव्दी पुरुष इतिहासविद डा.सत्यमोहन जोशीले खरेललाई ताम्रपत्र र नगद २५ हजार १ रुपैंयाँ राशीसहित सम्मान प्रदान गरेका हुन् । वरिष्ठ गीतकार खरेल यसअघि पनि विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन् ।

कार्यक्रममा अग्रज साहित्यविज्ञ प्रकाश सायमीले सम्मानित खरेलका व्यक्तित्व र कृतित्वका बारेमा चर्चा–परिचर्चा गरेका थिए।

Kiran Kharel Sammanप्रकाशन मिति–२०७४ साल जेष्ठ १३ गते शनिवार ।