काठमाडौ। नेपाली तथा नेपालभाषा चलचित्रका अग्रज कलाकार तथा निर्देशक अमृतमान महर्जनलाई मातृशोक परेको छ। निर्देशक महर्जनको ममतामयी आमा मोहनमाया महर्जनको ८६ बर्षको उमेरमा मंगलवार दुःखद निधन भएको हो।

चन्द्रागिरि नगरपालिका वडा नंबर १२ स्थित बलम्बु निवासमा महर्जनको निधन भएको परिवारजनले जानकारी दिएको छ। स्वर्गवासी मोहनमायाको अमृतमान एक मात्र छोरा हुन भने उनका तीन छोरी रहेका छन्।

निर्देशक महर्जनको आमाको दाहसंस्कार मंगलवार नै भएको छ। यतिखेर निर्देशक महर्जन तथा परिवारजन घरैमा आमाको शोकमा रहेका छन्।

प्रकाशन मिति–२०७५ साल बैशाख २६ गते बुधवार ।