काठमाडौ। नेपालका प्रभावशाली गृहमन्त्री राम बहादुर थापा “बादल” सँग चलचित्र निर्माता संघ नेपालको कार्य समितिले भेट गरेको छ।

संघका अध्यक्ष तथा राष्ट्रवादी नायक एवम् निर्माता नवल खड्काको नेतृत्वमा गएको संघको कार्यसमितिले गृहमन्त्री थापासंग भेटघाट गरेको हो।

भेटघाटमा राष्ट्रिय चलचित्र नीति २०७१ र बक्स अफिस लगायतका संघको मागका संवन्धमा कुराकानी भएको जानाकारी अध्यक्ष खड्काले भिजन संसारलाई बताएका छन्।

यस विषयमा कुराकानी हुंदा गृहमन्त्री थापाले जसले चलचित्र नीति र बक्स अफिसलाई पालना गर्दैन उसको सम्पत्ति सुद्धीकरण र कारवाहिको लागि ठाडो निर्देशन दिने र चलचित्र भित्रको सेन्टीगेटको नै अन्त्य गर्ने प्रतिवद्धता जनाएको समेत अध्यक्ष खड्काले भनेका छन्।

प्रकाशन मिति–२०७५ साल बैशाख २६ गते बुधवार ।