Kabindra Man Calender 2Kabindra Man Calender
काठमाडौ। मनोरञ्जन दुनियाँको बेग्लै वेभसाइट काठमाडौ क्रेजडटकमको प्रस्तुतिमा यो बर्ष पनि ग्ल्यामर क्यालेण्डर प्रकाशनमा आएको छ।

ग्ल्यामर साजसज्जा सहित नयाँ बर्ष २०७३ सालको क्यालेण्डरमा नयाँ तथा पुराना मोडल तथा कलाकारका चित्ताकर्षक तस्बीरले क्यालेण्डरको गरिमालाई यो बर्षपनि बृद्धि गर्ने र गराउने कार्यमा अग्रज फोटोपत्रकार कविन्द्रमान शाक्यले गरेका छन्।

Kabindra Man Calender 1

फोटोपत्रकार शाक्यले बर्षभर खिचेका उत्कृष्ट ग्ल्यामर फोटोहरुलाई क्यालेण्डरमा संग्रहित गरेको पाइएको छ। पञ्चायक निर्णायक समितिले यो बर्षका विदाहरु स्वीकृत गर्न ढिलाई गरेको असर यस क्यालेण्डरको प्रकाशनमा पनि परेको काठमाडौ क्रेजडटकमका अध्यक्ष तथा प्रवन्ध–निर्देशक समेत रहेका फोटोपत्रकार शाक्यले भनेका छन्।

विगत सात बर्षदेखि आफूले ग्ल्यामर क्यालेण्डर प्रकाशन गर्दैआएको र पाँच बर्षयता काठमाडौ क्रेजडटकमको प्रारम्भ भएपछि काठमाडौ क्रेजडटकमको नामवाट प्रकाशन गरिन थालेको पनि फोटोपत्रकार शाक्य भन्छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख १२ गते आइतवार ।