Tineja 1काठमाडौ। विगत दुई दशकदेखि नेपाली चलचित्र उद्योगमा नृत्य–निर्देशक बनेर बेग्लै स्थान कायम गर्न सफल दिने पाख्रिन चलचित्र निर्देशकको रुपमा पनि अग्रपंक्तीमा आउने भएको छ। पाख्रिनकै निर्देशनमा टिनेज नामक चलचित्रको निर्माण प्रारम्भ भएको छ।

Tineja 2

सोमवार काठमाडौमा आयोजित एक समारोह वीचको कार्यक्रममा चलचित्र टिनएजको शुभमुहुर्त गरिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइको प्रमुख आतिथ्यमा भएको शुभमुहुर्त कार्यक्रममा बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, राष्ट्रिय आवास कंपनीका महाप्रवन्धक डीवी गुरुङ्ग लगायतका गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो। नरेशविर सिंह, अञ्जली खड्गी, सरोजकुमार शाह र प्रतीक्षा खड्का लगायतका कलाकारले मुहुर्त सट दिएपछि चलचित्रको छायाँकन प्रारम्भ भएको घोषणा गरिएको थियो।

Tineja 3

चलचित्र छायाँकनको घोषणाको लगतैको कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई, बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, रंग पत्रकार एवम् चलचित्र निर्माता सानुकाजी श्रेष्ठ, डीवी गुरुङ्ग लगायतले चलचित्र टिनेजको सफलताको कामना गर्दै नेपाली चलचित्र उद्योगको विकास तथा नेपाली चलचित्र र चलचित्रका कलाकारका भविष्यका बारेमा भावना व्यक्त गरेका थिए।
प्रकाशन मिति–२०७३ साल बैशाख १३ गते सोमवार ।