काठमाडौ। काठमाडौको अत्यन्त व्यस्त नयाँ बानेश्वरको सडक किनारमा अझैपनि पानी भर्ने इनार रहेको छ। त्यो पानी भर्ने इनार पानीको काकाकुल नयाँ बानेश्वरका स्थानीय बासिन्दाहरुको लागि प्राण जस्तो नै बनेको छ।

व्यस्त सडकमा नै रहेको त्यो बेखवर इनारको उचित संरक्षण तथा संभार गर्न आवश्यक  देखिएको त्यही इनारमा पानी भर्दै गरेकी नेपाली चलचित्रकी अत्यन्त चर्चित अभिनेत्री शुभेच्छा थापाले भनेकी छन्। दिनहुँ सयौजना आएर पानी भरेर खान तथा लुगा धुन र नुहाउनको लागि लाने त्यस इनार व्यस्त सडकमा रहेर पनि उचित संरक्षण हुन नसकेको अभिनेत्री थापाको भनाई रहेको छ।

नयाँ बानेश्वरको बस्ती त्यति धेरै बांक्लो नभएको अवस्थादेखि रहेको परम्परागत इनार बस्ती विस्तारसंगै व्यस्त सडकमा पर्न जाँदा लोप हुने खतरा भएको छ। अर्कोतर्फ उचित संभार तथा व्यवस्थापन भएको नदेखिदा कुनैपनि बेला मान्छे या पशुपन्छी खसेर मर्न सक्ने डर पनि रहेको छ।

कुनैपनि बार–बन्देज नभएको खुल्ला पानी भर्ने इनारमा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने डर रहेको छ। तसर्थ, त्यसको उचित संभार तथा संरक्षण गर्न संवन्धित निकायले ध्यान पुर्याउनु पर्ने भनाई अभिनेत्री थापाको रहेको छ।

प्रकाशन मिति–२०७४ साल माघ ११ गते विहीवार