काठमाडौं। नेपाली चलचित्र उद्योगकी निडर नायिकाको उपनाम पाएकी अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार, अभिनेत्री कुँवरले काठमाडौंको थापागाउँ बानेश्वर स्थित सनराइज सिटी अपार्टमेन्टमा रहेको निवासमा आत्महत्या गरेकी हुन।

सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा प्रहरीले जेनीको शव फेला पारेको छ। प्रहरीले घटनास्थलमा सुसाइड नोट समेत भेटाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानवाट अभिनेत्री कुँवरले डिप्रेसनको कारण आत्महत्या गरेको हुनुपर्ने बुझिएको छ। यस संवन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ।

गत बर्ष कोरोनाभाइरसको महामारीको कारण चैत ११ गतेवाट नेपालभर लकडाउन हुंदा हरेक दिन पशुपति गोरखनाथ परिसरमा पुगेर भजन कीर्तन गरेर त्यहाँका संगति तथा विसंगतिको भण्डाफोर गर्ने अभिनेत्री विश्वकै नजरमा परेकी थिइन्। सही र तथ्यगत कुराको भण्डाफोर गर्दा अभिनेत्री कुंवर माथि पशुपतिमा आक्रमण समेत भएपछि पाँच दिन प्रहरीले समेत कुंवरलाई नियन्त्रमा लिएको थियो।

लकडाउनको करिब चार महिना अवधि पशुपति गोरखनाथ क्षेत्रमा दैनिक आतेजाते बसाईमा व्यापक तहल्का भएपछि दिल्ली गएर उतै बसेकी अभिनेत्री कुंवर सञ्चार संपर्कभन्दा वाहिर वसेकी थिइन्। ६ महिना संपर्क वाहिर बसेर गत बर्षको माघको अन्तिम हप्तातिर नेपाल फर्केकी अभिनेत्री कुंवर त्यसपछि  सञ्चार संपर्कमा आएकी थिइनन्।

अभिनेत्री कुँवरले जिन्दगानी, धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू लगायतका चलचित्रमा अभिनय गरेकी थिइन्। नाटकवाट कला यात्रा शुरु गरेकी अभिनेत्री कुँवरले घायल लगायतका केही चलचित्र पनि निर्माण गरेकी थिइन्।


प्रकाशन मिति–२०७८ साल असार २४ गते विहीवार ।