काठमाडौं। अमेरिकामा निर्माण भएको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपाल अव डिस मिडियावाट रिलिज हुने भएको छ। अमेरिका, क्यानडा र नेपालमा यस चलचित्रको च्यारिटी प्रदर्शन पश्चात डिस मिडियावाट रिलिज हुन लागेको हो।

चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्माण कंपनी ड्रिम्स गेट फिल्मस् प्रा.लि.का अनुसार, यस चलचित्रको यही चैत्र १५ गतेवाट डिस मिडिया टेलिभिजन च्यानलवाट रिलिज हुन गैरहेको छ। नेपालका कुनैपनि हलमा प्रदर्शन नभइकन एकैचोटी डिस होम टेलिभिजन च्यानलवाट रिलिज हुन लागेको चलचित्र संभवत अमेरिकन बाबु मेड इन नेपाल नै पहिलो नेपाली चलचित्र हुन पुगेको छ।

नेपालमा चलचित्र प्रदर्शनको कठिनाई, हलवाला तथा चलचित्र वितरकहरुको मोनोपोलिता र चर्को खर्चको कारण चलचित्र प्रदर्शनमा कठिनाई भैरहेको बर्तमान अवस्थालाई मध्यनजर गरेर चलचित्र अमेरिकन बाबु मेड इन नेपालले बाँध्य भएर दर्शक समक्ष जसरी भएपनि पुग्न डिस मिडिया टेलिभिजन च्यानल रोज्नु परेको हो।

राजेश गुरुङ, मन्जु रानामगर, संझना उप्रेती निर्माता रहेको यस चलचित्रको निर्देशक ईश्वर थापा हुन्। चलचित्रमा नेपालवाट अमेरिका पुगेका युवा–युवतीको प्रेम–विछोड तथा यथार्थताका कुरालाई जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य भएको छ। यस चलचित्रमा नन्दिता केसी, राजेश गुरुङ, बाबु बोगटी, प्रवेश उप्रेती पौल, स्मृति पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र १३ गते बुधवार ।