Vetran Actor Shiva Shrestha with Actress A Nakarmi in Dancing mood.
Vetran Actor Shiva Shrestha with Actress A Nakarmi in Dancing mood.

काठमाडौ। अमेरिकामा पहिलो पल्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०१६ संपन्न भएको छ। शनिवार अमेरिकाको कोलाराडा स्थित बुरमफिल नगरमा संपन्न भएको उक्त अवार्डमा नेपालवाट त्यहाँ पुगेका नेपाली सिनेकर्मीहरुको बाक्लो उपस्थिति रहेको अमेरिकावाट प्रकाशित हुंदैआएको नेपाली अनलाइन बीआरटी नेपाल डटकमले जनाएको छ। नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बीआरटी नेपाल डटकमको आयोजनामा कार्यक्रम भएको थियो।

Glamour Actress Nandita KC- Smile Please....
Glamour Actress Nandita KC- Smile Please….

जसमा पूर्वसूचना तथा सञ्चार मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रममा फिल्म अवार्ड, पर्बतारोहीहरुलाई सम्मान तथा अभियान अर्वाड समेत वितरण गरिएको थियो । उत्कृष्ट सिनेमा, कुशल निर्देशक, कुशल सिनेमा ग्राफर, उत्कृष्ट नायक, नायिका लगायत विभिन्न विधामा फिल्म अवार्डहरु वितरण गरी सिनेकर्मिहरुलाई सम्मान गरिएको थियो ।

Vetran Actor R.P. Panta receiving Global Nepali Film Award 2016
Vetran Actor R.P. Panta receiving Global Nepali Film Award 2016

कार्यक्रमका प्रमुख अतिथि मिनेन्द्र रिजाल, स्थानीय ब्रुमफिल्ड काउन्ट्रि मेयर रेन्डी एरेन्स लगायत विभिन्न अतिथि तथा प्रायोजकहरुबाट वितरण गरिएको अवार्डबाट सम्मानित हुनेहरुमा बसुन्धरा भुषाल, गिहिन्द्र धिमाल, वसन्त श्रेष्ठ, शिव श्रेष्ठ, भुवन केसी, शर्मिला मल्ल, सुनिल थापा, कृष्ण मल्ल, शम्भुजित बास्कोटा, दिबांगत नायक श्रीकृष्ण श्रेष्ठ, आर पी पन्त, पुरुषोत्तम प्रधान, सञ्जय लामा राजबल्लब कोइराला, नन्दिता केसी, शिबहरि पौड्याल लगायतका विभिन्न विधाका सिनेकर्मिहरु रहेका छन्।

Kohinoor Actress Sweta Khadka in Catwalk
Kohinoor Actress Sweta Khadka in Catwalk

दिबांगत नायक श्रीकृष्ण श्रेष्ठको सम्मान ग्रहण पछि स्टेचमा बोल्दैगर्दा उनकी जीवन सङ्गिनी तथा नायिका श्वेता खड्का भक्कान्निए पछि केही समय हल स्तब्ध बनेको थियो। सोही कार्यक्रममा विश्वको सर्बौच्च शिखर सगरमाथा १६ पटक सम्म चढ्ने दानुरु शेर्पा, १६ वर्षको सानै उमेरमा सगरमाथा चढेर गिनीज बुकमा नाम लेखाउन सफल तथा बाबु छोरी दुवै सगरमाथा चढेर किर्तिमान समेत राख्न सफल ङिमा छम्जी शेर्पा, ९ पटक सगरमाथा चढ्ने पासाङ्ग तेन्जिङ शेर्पा, ७ पटक सगरमाथा चढ्ने डिमाकर्म शेर्पा, ६ पटक सगरमाथा चढ्ने मिङ्मा ओङ्गेल शेर्पा, , सगरमाथा र केटु हिमालको सफल आरोहण गर्ने दावा याङजुम शेर्पालाई कार्यक्रमका प्रमुख अतिथि लगायत विभिन्न ब्यत्तित्वहरुबाट खादा पहि¥याई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो।

Vetran Actor Krishna Malla
Vetran Actor Krishna Malla

कार्यक्रममा देश बाहिर बसेर पनि सिनेमा क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्ने उद्धेश्यले कृष्ण मल्लबाट सुरु गरिएको अभियान अवार्ड पनि वितरण गरिएको थियो। कार्यक्रममा बसुन्धरा भुषाल, शिव श्रेष्ठ, भुबन केसी, शम्भुजित बास्कोटा, सुनिल थापा, नन्दिता केसी, नारायण त्रीपाठी, शिबहरी पोड्याल, महादेब त्रीपाठी लगायतका कलाकारहरूले नाच गान तथा हास्यकला प्रदर्शन गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए।

Vetran Comedy Actror Narayan Tripathi
Vetran Comedy Actror Narayan Tripathi

प्रकाशन मिति–२०७३ साल कात्तिक ३० गते मंगलवार ।