काठमाडौं। नेपालको अन्तरराष्ट्रिय स्तरको व्युटी होमका रुपमा निक्कै नै ख्याति कमाएको फेसियल हाउसले सौंन्दर्यलाई विशेष महत्व दिदै आएको छ। फेसियल हाउसले आफ्ना ग्राहकहरुलाई विभिन्न माध्यमवाट सामाजिक सन्देश दिने कार्य पनि हुंदैआएको यथार्थता कसैवाट छिपेको छैन्।

-Sushma Mahara (Managing Director-Facial House)

सौन्दर्यलाई मात्र पुट दिने कार्य मात्र नगरिकन सौन्दर्यको माध्यमवाट अमूर्त सम्पदाहरुलाई संरक्षण र त्यसवारेमा जानकारी दिने कार्य फेसियल हाउसले गर्दैआएको खुलासा फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा बरिष्ठ सौन्दर्यविद सुषमा महराले भिजन संसार डटकमलाई दिएकी छन्।

यसै सन्दर्भमा असार १५ गते धान दिवस अर्थात रोपाई दिवसलाई फोटोको माध्यमवाट नयाँ पुस्तालाई जानकारी दिनका लागि फोटोसुट नै गरेर अमूर्त सम्पदा तथा कलाको जानकारी दिने कोशिश गरेको खुलासा पनि सौन्दर्यविद महराले गरेकी छन्।

यसै अन्तरगत फेसियल हाउसले असार १५ को अवसर पारेर माटो थिममा फोटो शुट गरेको छ। असारमा हुने रोपाँईलाई लोकेशन बनाएर गरिएको फोटो सुटमा मोडेलको रुपमा नायिका तथा मोडेल करुणा श्रेष्ठ रहेकी छन्। करुणा मिस कलेज २०११ को विजेता, एक्नेस नेपालका राजदूतको विजेता हुनुका साथै टिभी कार्यक्रम प्रस्तुतकर्ता समेत रहेकी छन्।

केही फिल्ममा समेत अभिनय गरिसकेकी करुणा निकट भविष्यमा आफै सम्मेलित भएर फिल्म निमार्णमा काम गर्न लागेको भन्छिन् । फोटोग्राफी कुबेर डंगोलले गरेका छन्। ड्रेस डिजाइन कुसुम बुटिकको रहेको छ।

प्रकाशन मिति–२०७८ साल असार १५ गते मंगलवार ।