काठमाडौं। सामाजिक सेवा तथा चलचित्रका माध्यमवाट हाल अत्यन्त चर्चामा रहेका अभिनेता रुपेन्द्र श्रेष्ठले आफ्नो ममतामयी आमाको पूण्यतिथिमा बृद्धा आमाहरुलाई सहयोग गरेका छन्।

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नंबर ६ मा रहेको मातातीर्थ बृद्धाश्रममा अभिनेता श्रेष्ठ गएर त्यहाँ रहेका बृद्धा आमाहरुलाई सहयोग गरेका हुन्। अभिनेता श्रेष्ठकी ममतामयी आमा राममाया श्रेष्ठको १० औं पुण्यतिथिमा मातातीर्थ बृद्धाश्रममा रहेका आमाहरुलाई चिया–नास्ता खुवाउनुको अलावा खाद्यसामाग्री सहयोग गर्ने कार्य भएको हो।

आमाको अचानक निधन भएदेखि प्रत्येक बर्ष आमाको संझनामा यसरी नै विभिन्न सामाजिक पुण्यका कार्य गर्दैआएको अभिनेता श्रेष्ठले भिजन संसार डटकमलाई बताएका छन्। यसरी केही न केही सेवा गर्न पाउंदा आफूलाई आमाकै सेवा गरेजस्तो
आत्मिक संतुष्टि मिल्ने गरेको प्रतिक्रिया पनि श्रेष्ठले दिएका छन्।

प्रकाशन मिति–२०७५ साल माघ १० गते विहीवार ।