काठमाडौ। नेपालकी चर्चित अभिेनत्री जोस्ना फुयाँलको सोमवार जन्म दिन परेको छ। श्रीस्वस्थानी ब्रत आरम्भको दिन अभिनेत्री फुयाँलले बर्षेनी जन्म दिन मनाउने गरेकी हुन्।

आफू जन्मेको दिन असहाय तथा अनाथहरुलाई केही मिठो–मसिनो खुवाएर जन्म दिन मनाउने कार्य गर्दैआएकी अभिनेत्री फुयाँलले यो बर्ष काठमाडौको सोल्टीमोड रविभवन स्थित आमाघरमा मनाएकी छन्। आमाघरमा रहेका ३० जना बृद्धा आमाहरुसंग बसेर जोस्नाले सोमवार आफ्नो जन्म दिन मनाएकी हुन्।

जन्म दिनको दिन निस्फीक्री अनावश्यक खर्च गरेर मनाउने भन्दा यसरी नै दुःखी–असहाय आमाहरुलाई केही क्षण भएपनि खुशी र सुखी बनाएर जन्मदिन मनाउन पाउंदाको संतुष्टि नै बेग्लै हुने गरेको जोस्नाले भनेकी छन्। हरेक बर्ष यसरी नै जन्म दिन मनाउने प्रतिवद्धता समेत जोस्नाले गरेकी छन्।


प्रकाशन मिति–२०७५ साल माघ ९ गते बुधवार ।