काठमाडौं। केही दिन अगाडि थाइल्याण्डको राजधानी बैंककमा आयोजित भव्य अन्तरराष्ट्रिय छायाँछवि अनर अवार्ड संपन्न भएको छ। त्यस अनर अवार्डमा मल्टी ट्यालेन्टेट गायिका सुशीला पाठकलाई सर्वोत्कृष्ट गायिकाको अवार्ड प्रदान गरिएको छ।

गीत गायनमा सर्वोत्कृष्ट योगदान दिएबापत गायिका पाठकलाई उक्त अन्तरराष्ट्रिय छायाँछवि अनर अवार्ड प्रदान गरिएको हो। गायनको अलावा आफ्नै गीतका भिडियोहरुमा सर्वोत्कृष्ट अभिनय प्रस्तुत गर्दैआएकी गायिका पाठकले विभिन्न विज्ञापनहरुमा पनि मोडलिङ गरिसकेकी छन्।

चलचित्रमा अभिनय गर्नका लागि हरेक दिनजस्तो अफर आउने गरेको गायिका पाठकको भनाई रहेको छ। फिल्मी हिरोइनभन्दा गायनमा नै मनमग्न भैरहेकी पाठक आफू गायनवाटै विश्वविख्यात हुने भिजन तथा मिसनमा रहेकी छन्। यिनै गायिका पाठकको अलावा अन्तरराष्ट्रिय छायाँछवि अनर अवार्डवाट विभिन्न विधामा २५ जना कलाकारहरुलाई सम्मानित गरिएको थियो।


प्रकाशन मिति–२०७५ साल माघ ९ गते बुधवार ।