काठमाडौं। स्वभाविक अभिनयका धनी कलाकार गणेश न्यौपाने मुनालको उपचारका क्रममा सोमबार दुःखद निधन भएको छ। काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

दर्जनौं नाटक, टेलिफिल्म र फिल्ममा अभिनय गर्दै आएका कलाकार मुनाल केही समयदेखि अस्वस्थ थिए। चाबहिल महांकालका कलाकार मुनालको सोमबार नै अन्तिम संस्कार गरिएको छ। विसं.२०५२-०५३ सालदेखि कलाकारितामा होमिएका मुनालले नेपाल टेलिभिजनबाट प्रसारण हुने उज्यालोतिर नामक टेलिसिरयलबाट अभिनय यात्रा शुरू गरेका थिए।

त्यसपछि भावना, मन, अविरल बग्दछ इन्द्रावती, तीतो सत्य, टेन टु फाइभजस्ता दर्जनौं सिरियलका विभिन्न भँमिकामा अभिनय गरी दर्शकको मन जित्दै आएका कलाकार मुनाल कुशल पेन्टरसमेत थिए।  मुनालले पहिलोपल्ट चलचित्र प्रेमपिण्डमा अभिनय गरेका थिए। त्यसपछि एक पल, सेतो बाघ, शिरीषको फँल, दिदीभाइ, मिस्टर डन, लभ लभ लभ, घामपानी, गुड बाई काठमाडौं तथा रिलिज हुन बाँकी गोपीजस्ता फिल्ममा अभिनय गरेका छन्।
प्रकाशन मिति–२०७५ साल माघ ८ गते मंगलवार ।