काठमाडौं। पर्व विशेषहरुमा देशभन्दा वाहिर नेपाली कलाकारहरु अत्यन्त व्यस्त बन्ने गरेका छन्। त्यसरी उनीहरुको व्यस्ततासंगै विभिन्न च्यारिटी प्रोग्राम मार्फत अनाथ बाल–बालिकाको लागि सहयोग पुग्ने गरेको यथार्थता कसैवाट छिपेको पनि छैन्।

यसैक्रममा यो बर्षको दशैंपछिको दोश्रो महान पर्वमा नेपाल वाहिर इजरायलमा दुई नेपाली राष्ट्रिय कलाकार डम्बर नेपाली तथा ताराप्रकाश लिम्बू व्यस्त बने। इजरायलमा रहेका नेपालीहरुलाई यी दुई राष्ट्रिय कलाकारले निक्कै नै मनोरञ्जन प्रदान गरेको जानकारी आयोजक एमआएफसीका प्रकाश पहिम लिम्बू (कुमार लिम्बू)ले भिजन संसार डटकमलाई दिएका छन्।

उनका अनुसार, यी दुई राष्ट्रिय कलाकारले इजरायलमा  भव्य तथा सभ्य कार्यक्रम गरेका हुन्। जसमा इजरायलमा रहेका नेपालीहरु दिल खोलेर झुमेका थिए। एकातिर रमाइलो कार्यक्रम अर्कोतिर अनाथ बालबालिकाको सहयोग भएकोले उनीहरु अत्यन्त आत्मसंतुष्ट देखिएका थिए। कार्यक्रमको नाम दीपावली साँझ २०७६ राखिएको थियो।


प्रकाशन मिति–२०७६ साल कात्तिक ११ गते सोमवार ।