Inas Uk 1Inas Uk 2काठमाडौ। अन्तरराष्ट्रिय कलाकार संघ ईनासको स्वीजरल्याण्डमा संपन्न अन्तरराष्ट्रिय सम्मेलन तथा एकल गायन र एकल नृत्य प्रतियोगितामा ईनास युकेले सहभागिता जनाएको ईनास युकेले जनाएको छ।

Inas Uk 3गायन तथा नृत्य प्रतियोगितामा ईनास युकेको तर्फवाट ईनास सल्लाहकार उमेश मोक्तान, संरक्षक मनिष कुमार श्रेष्ठ, महासचिव पिप्ला देवान र सदस्य विनोद चिपालुको सहभागिता रहेको थियो। ईनास ग्लोबलको निमन्त्रणमा स्वीजरल्याण्ड पुगेको ईनास युकेका अध्यक्ष सनमकुमार बैराग तथा लोकप्रिय गायिका शर्मिला बर्देवाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।

ईनास युकेका सहभागी कलाकारहरुको स्वीजरल्याण्ड भ्रमण उपलव्धीमूलक तथा सार्थक भएको ईनास युकेले जनाएको छ।

Inas Uk 5

Inas Uk 6प्रकाशन मिति–२०७३ साल जेठ ८ गते शनिवार ।