Poozana Stri 4Poozana Stri tatoo 5काठमाडौ । विवाह नै नगरिकन कुमारी आमा बन्ने पहिलो नायिकामा पूजना स्त्री नै देखिएकी छन्। धर्म–कर्म तथा समाजसेवमा अत्यन्त व्यस्त बन्दैआएकी नायिका पूजनाले केही बच्चाको संरक्षक बनेर उनीहरुको लालन–पालन गर्ने कार्य गर्दैआएकी छन्। जय संगत नामक धार्मिक संस्थामा आवद्धता जनाएर पूजना स्त्री नामांकरण गरेकी यिनै नायिका अझै पनि सोही संस्थामा आवद्ध बनेर क्रियाशील रहेकी छन्।

Poozana Stri 3पूजना आम नायिकाहरुले जस्तै शरीरमा टाटु खोपाएर थप चर्चामा आउने प्रयासमा आफू नलागेको बताएकी छन्। भगवान भक्त भएकोले भगवानको तस्वीर खोपाउने रहरले मात्र खोपाएकी भनेकी छन्। प्राय नायिकाहरु पुष्ट बक्षस्थलमा विभिन्न आकर्षक टाटु गरेर चर्चा आइरहेको बेलामा यी नायिका पूजना प्रधान भने, ढांड पछाडि महादेव र पार्वतीको चित्र खोपाएर ढांड पछाडिवाट भएपनि धार्मिक आस्था जगाउने कोशिशमा देखिएकी छन्।

Poozana Stri 2ढांड पछाडि महादेव र पार्वतीको टाटु खोपाउनुको खासै रहस्य नभएको र भगवान प्रतिको आस्था मात्र हो भनेर उनले स्पष्ट पारेकी छन्। प्राय लुगाले छोपिने ढांड पछाडिको टाटुलाई टाटु मास्टर जेन्जीले खोपाइदिएको पनि उनले खुलासा गरेकी छन्।

Poozana Stri tatoo 5

प्रकाशन मिति–२०७३ साल जेठ ७ गते शुक्रबार ।