काठमाडौं। जन्म दिन मनाउने क्रममा नायिका उषा खनालले आफ्नो उमेर नखुलाएपनि जन्म दिन भने गजबैले मनाएकी छन्। त्यो पनि कुनै महंगा होटलमा केक काटेर जन्म दिन नमनाइकन असहाय–अनाथहरुलाई एक छाक मिठो–मसिनो खुवाउनुको अलावा उनीहरुलाई सानो भएपनि सहयोग गरेर मनाएकी छन्।

ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा रहेका मनोरोगीलाई खाना खुवाउनुका साथै अन्य सहयोग गरेर नायिका खनालले आफ्नो जन्मदिन मनाएकी हुन्।

नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्याहार– सुसार तथा संरक्षण दिने कार्य हुंदैआएको छ।
प्रकाशन मिति–२०७५ साल फागुन २० गते सोमवार ।