काठमाडौं। चलचित्रको नाम नै लभ स्टेशन । त्यो लभ स्टेशनमा कतिको लभरहरु पुग्ने हुन या वीच वाटोवाटै फर्कने हुन ? त्यो त हाललाई तुरुन्तै भन्न नसक्ने अवस्था रहेतापनि चलचित्र लभ स्टेशनको रिलिज डेट भने फिक्स भएको छ।

यही आउने चैत्र २२ गते नेपालभर रिलिज गर्ने गरी चलचित्र लभ स्टेशनले डेट फिक्स गरेको हो। डेट फिक्ससंगै चलचित्रको पोष्टर पनि सार्वजनिक गरेको छ। जसमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुुरुङका गजब–गजब पोजका पोष्टर सार्वजनिक भएको हो। गोविन्द शाहीको निर्माण प्रस्तुति रहेको चलचित्र लभ स्टेशनको निर्देशन उज्जवल घिमिरेले गरेका हुन्।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।
प्रकाशन मिति–२०७५ साल फागुन १७ गते शुक्रवार ।