काठमाडौं। मल्टीट्यालेन्ट अभिनेत्री एन्सर्ज गुरुङको लेखन तथा निर्माण संयोजनमा नयाँ चलचित्र सपनाको देश निर्माण हुने भएको छ।

रहेकी एन्सर्ज गुरुङको निर्माण संयोजनमा निर्माण हुन लागेको हो। जसमा अमेरिकामा रहेका दुई निर्माता देव गुरुङ तथा छेपक गुरुङको निर्माण रहने भएको छ। गीत–संगीत दावा शेर्पा र छायाँकन शंभु मोक्तानको हुने भएको छ।

अमेरिकामा ७५ प्रतिशत छायाँकन हुने भनिएको यस चलचित्र २५ प्रतिशत भने नेपालमा छायाँकन हुने भनिएको छ। नेपालमा छायाँकन हुंदा त्यसको निर्देशनको जिम्मेवारी ख्यातिप्राप्त अभिनेता माउत्से गुरुङले लिने भएको छ। अमेरिकाको निर्देशक भने हाललाई खुलाइएको छैन्।

नेपालीहरुको सपनाको देश अमेरिका जाने क्रममा त्यहाँ पाइएका दुःख–कष्ट र अन्ततः नेपाल फर्कनु पर्ने पीडाका यथार्थता चलचित्र सपनाको देशको कथावस्तु रहेको लेखिका एन्सर्ज गुरुङले भिजन संसार डटकमलाई बताएकी छन्।

लेखिका एन्सर्जका अनुसार यस चलचित्रको लिडिङ रोल लेखिका एन्सर्ज गुरुङकै रहने भएको छ। बाबु बोगटीको पनि लिडिङ रोल रहने यस चलचित्रमा मीरा गुरुङ, आइतराम गुरुङ,राजेन्द्र थापा,सुरेश सुनुवार, डीबी गुरुङ लगायतको अभिनय रहने भएको छ। छायाँकन आगामी सेप्टेम्बर महिनावाट नेपाल र अमेरिकावाट हुने भएको छ।

 

प्रकाशन मिति–२०७५ साल फागुन १७ गते शुक्रवार ।