काठमाडौं। ख्यातिप्राप्त अभिनेता पवन जोशीको निर्देशनमा पछिल्लो नयाँ म्युजिक भिडियोको रिलिज भएको छ। धुँदेय किपुको प्रस्तुति रहेको निर्देशक जोशी निर्देशित नेपालभाषाको म्युजिक भिडियो रिलिज भएको हो।

छँगन बोलको यस गीतको भिडियोमा विकास शाक्य र शोभा महर्जनको बेजोड अभिनय रहेको छ। राजेन्द्र शाक्य र सरिता शाहीको गायन रहेको यस गीतको भिडियोको छायाँकन राजेश शाक्यले गरेका हुन्।

कीर्तिपुरका रमणिय स्थलहरुमा छायाँकन भएको यस गीतको भिडियोले नयाँ आयाम कायम गर्न सफल भएको छ। गीतको वोल अनुसारको गीतको भिडियोमा कथावस्तु सहज र सरल तरीकाले राम्रो समायोजन गर्ने कार्य निर्देशक जोशीवाट भएको छ। जुन अत्यन्त राम्रो बनेको छ।

https://www.facebook.com/rajesh.shakya.756/videos/10210240185719802/

प्रकाशन मिति–२०७५ साल फागुन १६ गते विहीवार ।