Bhuwan Suptihang Rai Bimochan 1काठमाडौ। नेपाली गीत–संगीतको बजारमा हिजोआज एल्वमको खडेरी लागेको छ। बजारमा एल्वमको खडेरी लागेको बेलामा जुझारु गायक भुवन सुप्तिहाङ्ग राईले पाँचौ एल्वम सम्मान मेरो बजारमा ल्याएका छन्। नेपालका वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीले गायक राईको उक्त पाँचौ एल्वमको काठमाडौमा आयोजित समारोहमा भव्य विमोचन पश्चात बजारमा आएको हो।

एल्बममा बुद्धवीर लामा, जितेन्द्र रसिक, विश्वकाजी राईलगायत दशजना गीतकारका सुगम गीत संग्रहित रहेको छ। विमोचन समारोहमा शताव्दी पुरुष डा.जोशीले राष्ट्रियता र सामाजिक एकतालाई बलियो बनाउन स्रष्टा लाग्नुपर्नेमा जोड दिँदै ग्रामीण भेकको जनजीवनमा बोलिने भाषाका आधारमा गीत बनाउन सकेमा स्वदेशी लोक संस्कृतिकोसंरक्षण हुने कुरामा जोड दिएका छन्। गीतकार बुद्धबीर लामाले मन्तव्यका क्रममा आफ्नो पूरै जिन्दगीको कथा नै भन्न चुकेनन्।

चलचित्र पत्रकार तथा समीक्षक डब्बु क्षेत्रीले एल्बमका गीतहरुको समीक्षात्मक टिप्पणी गरेका थिए। गायक भुवन सुप्तिहाङ्ग राईले विमोचित एल्वम सवैका लागि सम्मानको एल्वम भएको बताए। कार्यक्रममा दुई गीतका भिडियो पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा नेपालका मेधावी विशिष्ट म्याराथन धावक बैकुण्ठ मानन्धरको समेत उपस्थिति रहेको थियो।

Bhuwan Suptihang Rai Bimochan 2प्रकाशन मिति–२०७४ साल साउन २३ गते सोमवार ।