काठमाडौं। हाँस्यव्यग्य क्षेत्रमा गणेश ईशारा नामै काफी छ। गणेश ईशाराको ईशाराले नै सवैलाई हसाउने गर्दछ भन्ने कुरा पूर्वी नेपालमा त व्यापक चर्चा नै रहेको छ। बेग्लै पहिचान बोकेका यी काफी ईशारा वोकेका गणेश ईशारा सामाजिक अभियानतिर पनि त्यतिकै सक्रिय रुपमा लागिपरेका छन्।

सामाजिक रुपमा पीडित तथा दिनदुःखी गरीबहरुको सहयोगार्थ कलाकार ईशारा आफ्नो हाँस्यव्यग्य कलाकारिता मार्फत देशभ्रमण गर्ने योजनामा रहेका छन्। त्यस देश भ्रमण कार्यक्रमवाट उठेको रकम अक्षयकोष खडा गरेर त्यसैवाट सामाजिक सेवा गर्ने ईशाराको लक्ष्य रहेको छ।

त्यसको शुरुवातको रुपमा यही आउने पुस १४ गते धरानबाट आफ्नो पहिलो कमेडी शो आरम्भ गर्ने ईशाराले ईशारा गर्दै भनेका छन्। समाजसेवी वीरमाया राई ‘सोभोमा’ को जन्म जयन्तीको अवसर पारेर पुस १४ बाट सुरु गर्न लागेको कलाकार ईशाराले बताए। उनका अनुसार त्यसपछि देशका प्रमुख शहरहरुमा एकल कमेडी शो गर्ने छन् ।

ईशाराले आजसम्म गरेका कमेडीलाई प्याकेजकै रुपमा प्रस्तुत गर्न लागेको छन् । उनले यसअघि २०७१ सालमा काठमाडौंको नाचघरमा पहिलो एकल शो गरेका थिए । उनले हालसम्म दर्जन बढी स्टेज शो गरिसकेका छन् । देशव्यापी गरिने एकल कमेडी शोबाट उठेको रकमले समाजसेवी वीरमाया राई ‘सोभोमा’ अक्षय कोष निर्माण गरिने उनी बताउँछन् ।

ईशाराले समाजसेवी वीरमाया राईलाई आफ्नो प्रेरणाको मुख्य स्रोत मान्दै आएका छन् । ईशारा र वीरमाया राई एउटै गाउँले हुन्। उनले ‘साँढेतन्त्र’ नामक गाइजात्रे एकल भिसिडी एल्वम निकाले भने ‘भद्रगोल डटकम, सदन हल र भट्टी पसल उस्तैउस्तै’ निकालेका थिए । उनले एक दर्जन म्युजिक भिडियोमा अभिनय गर्नुका सथै निर्देशन पनि गरेका छन् ।
प्रकाशन मिति–२०७५ साल मंसीर ९ गते आइतवार ।