Chalchitra Kalakar sanghकाठमाडौ। नेपाल चलचित्र कलाकार संघले पहिलो पल्ट गरिन लागेको चलचित्र अवार्ड कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाउने भएको छ।

प्रधानमन्त्री ओलीलाई यससंवन्धमा निम्तो दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका कलाकारहरुलाई आफू अवार्ड कार्यक्रममा आउने भनेर बचन दिएपछि कलाकारहरु दंग परेका छन्। निम्तो दिने क्रममा बालुवाटारमा बुधवार कलाकारहरुसंग कुराकानी गर्ने क्रममा मज्जाले ठट्टा गर्न पनि पछि परेनन्। यतिधेरै नेपाली चलचित्रका नायिकाहरु हुने कार्यक्रममा निश्चित रुपमा आफू नआउने त कुरै हुंदैन भनेर प्रधानमन्त्री ओलीले नेपाली चलचित्रका नायिकाहरुको तारिफ गर्न चुकेनन्।PM withj Sarita Lamichhane 2

ठट्टै ठट्टामा हाँस्य अभिनेता जीतु नेपालले आन्दोलनरत मधेशी मोर्चासंगको बार्तामा मध्यस्थकर्ताको रुपमा नेपाली चलचित्रका नायिका राख्नुपर्ने माग राखेका थिए। अभिनेता नेपालको प्रस्तावमा प्रधानमन्त्री ओली हांस्दै विचार गर्ने बताउंदै गर्दा त्यस बार्तामा नेपालका हाँस्य–कलाकार पनि संलग्न गर्नुपर्ने अर्को माग राख्ने कार्य अभिनेता नेपालवाट भयो।

नायिका मध्यस्थकर्ता भएपछि आन्दोलनरत मोर्चाका नेताहरुले नमान्ने कुरै हुंदैन र त्यसमा हाँस्य–कलाकारहरुको सहभागिता भएपछि हाँसेरै बार्ता सफल हुने कुरा अभिनेता नेपालले मज्जाले राखेपछि सवैको हाँसोको फोहरा फुट्यो। कलाकारहरुलाई प्रधानमन्त्रीसंग भेतवार्ता मिलाइदिने सूचना तथा सञ्चार मन्त्री शेरधन राई समेत हाँसेको हाँस्यै बनेका थिए।

PM withj Sarita Lamichhane 1

प्रधानमन्त्री कार्यालयमा निम्तो जाने कलाकार संघ आवद्ध कलाकारहरुमा अध्यक्ष रामकेशर बोगटी, नीर शाह, सरिता लामिछाने, कृष्ण मल्ल, मेलिना मानन्धर, झरना थापा, जीतु नेपाल लगायत थिए। कलाकार संघले अवार्ड कार्यक्रम असार १८ गते भव्य रुपमा गरिदैछ।

प्रंकाशन मिति–२०७३ साल असार १० गते शुक्रबार ।