Kohinoor Charity 2काठमाडौ। अमर नायक श्रीकृष्ण श्रेष्ठ अभिनित तथा निर्मित अन्तिम चलचित्र कोहिनूरको शनिवार काठमाडौको कमलपोखरी स्थित बीग सिनेमा हलमा च्यारिटी प्रदर्शन गरिएको छ। शनिवार आयोजित च्यारिटी प्रदर्शन कार्यक्रममा नेपालका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा च्यारिटी कार्यक्रम गरिएको थियो।

Kohinoor Charity 3कार्यक्रममा ऐतिहासिक रुपमा सफल भएको चलचित्र कोहिनूरको प्रदर्शनवाट उठेको रकम मध्ये नगद २ लाख रकमको सहयोग नव किरण अनाथ असहाय बाल उत्थान समाजलाई हस्तान्तरण पनि गरिएको छ। यसै समारोहमा चलचित्र कोहिनूर हेर्न नपाएका र हेर्न चाहने दर्शकहरुको सजिलोको लागि शनिवारवाटै युट्युबवाट पनि रिलिज गरिएको जानकारी चलचित्र कोहिनूरका निर्देशक आकाश अधिकारीले भनेका छन्।

Kohinoor Charity 1अव युट्युबमा ऐतिहासिक सफल चलचित्र कोहिनूरलाई हेर्न पाइने भएको छ। कोहिनूरको च्यारिटी प्रदर्शन कार्यक्रममा कोहिनूरकी कोहिनूर नायिका स्वेता खड्काको पनि विशेष उपस्थिति रहेको थियो।

https://www.youtube.com/watch?v=Rj427vrQmCI&feature=youtu.be
प्रकाशन मिति–२०७३ साल असार ११ गते शनिवार ।