काठमाडौ। यो बर्षको ‘मिस नेपाल २०१८’को ताज शृङ्खला खतिवडाले जितेकी छिन् । बुधबार अन्नपूर्ण होटेलमा भएको ग्राण्ड फिनालीमा प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले ‘मिस नेपाल –२०१८’को उपाधि जितेकी हुन्।

एक महिना लामो प्रशिक्षणपछि २५ प्रतिस्पर्धीबाट छानिएका सात जना फाइनलिस्टबाट खतिवडा मिस नेपालमा छानिएका हुन् । अब खतिवडाले मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्।यो बर्षको मिस नेपालका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ प्रश्नको उत्कृष्ट जवाफ दिदै खतिवडाले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । खतिवडालाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

५ फिट ६ इञ्चकी मिस नेपाल–२०१८ शृङ्खला खतिवडा कलेज टपर हुन्। उनी पुल्चोक इन्जिनियरिङ कलेज टपर विद्यार्थी हुन्। उनी आर्किटेक्टकी विद्यार्थी हुन्। लेखनमा पनि रुचि भएकी उनले आफ्नो पुस्तक प्रकाशन गर्ने लक्ष्य राखेकी छन्। उनी आर्किटेक्ट बन्न चाहन्छिन्।

यसैगरी प्रिया सिग्देल मिस नेपाल अर्थ भइन्। उनलाई ‘मिस नेपाल अर्थ–२०१७’की विजेता रोजिना श्रेष्ठले क्राउन लगाइदिइन्। उनले ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् भने नगद प्राप्त गरिन् ।

यस्तै मिस नेपाल इन्टरनेसनको उपाधि रोनाली अमात्यले जितिन्। उनले अव ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व समेत गर्ने भएकी छन्। गत वर्ष पहिलोपटक घोषणा गरिएको ‘मिस नेपाल एसिया प्यासिफिक’ भने यो वर्ष प्रतियोगितामा समावेश गरिएन।

यो बर्षको संस्करणदेखि थपिएको मिस नेपाल युनिभर्सको ताज मनिता देवकोटाले हात पारिन् । उनले मिस युनिभर्स २०१७ मा पहिलोपटक नेपालको प्रतिनिधित्व गरेकी नग्मा श्रेष्ठले उक्त ताज मनितालाई पहिराइन्। उनले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्।
प्रकाशन मिति–२०७४ साल चैत्र २८ गते बुधवार ।