काठमाडौ। युवा पुस्ताकी चर्चित गायिका सहिमा श्रेष्ठको जन्मदिनकै दिन नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।गायिका सहिमा श्रेष्ठले आफ्नो जन्म दिनको दिन मंगलवार कुनै दिन बोलको गीत सार्वजनिक गरेकी हुन्।

गायिका श्रेष्ठको यस गीतको सार्वजनिक समारोहमा सरप्राइज जन्म दिन पनि मनाइएको थियो। मिठो तथा सुमधुर स्वरकी धनी गायिका श्रेष्ठको गीतको भिडियोमा नायिका शिल्पा पोखरेल तथा नायक पुष्प खड्काको अभिनय रहेको छ।

निर्देशन संगीतकार दीपक शर्माको रहेको छ। शर्माकै संगीत रहेको यस गीतको रचना किरण केसी क्रोधीले गरेका हुन्।


प्रकाशन मिति–२०७४ साल चैत्र २९ गते विहीवार ।