काठमाडौ। सानो उमेर देखि गीत गायनमा विलक्षण प्रतिभा देखाउदै आएका किशोर गायक बिरज महर्जनको दुई नयाँ गीत सार्वजनिक भएको छ। दुई गीतमा एक गीत नेपालभाषा तथा अर्को गीत नेपाली भाषामा रहेको छ।

नेपालभाषामा तुयुतुयु धाःगु र नेपाली भाषामा आमा बोलको गीत रहेको छ। दुवै गीत काठमाडौको बागबजारस्थित सिटीम्याक्स हलको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिएको हो। १० बर्षको उमेरमा नै संगीतको आधारभूत ज्ञान प्राप्त गरेर यस क्षेत्रमा होमिएका बिरज ललितपुर सुनाकोठी ठेचो निवासी हुन्।

१३ बर्षको उमेरमा एकल साँझ कार्यक्रम समेत गरिसकेका यी किशोर गायक बिरज महर्जनले १४ बर्षको उमेरमा नयाँ किरण नामक गीति एल्वम नै निकालेका थिए।

हाल १७ बर्षको किशोर उमेरमा रहेका बिरजको दुवै गीतको भिडियो सार्वजनिक समारोहमा संगीतकार जुगल डंगोल, गीतकार पूर्णकाजी ज्यापु र बद्री देसार लगायतले बिरज महर्जनको प्रतिभाको बारेमा प्रकाश पारेका थिए।

कार्यक्रमको संचालन मल्टी ट्यालेन्टेट संचारकर्मी सुरजबीर बज्राचार्यवाट भएको थियो।
प्रकाशन मिति–२०७४ साल चैत्र २९ गते विहीवार ।