काठमाडौंं। आज मंगलवार विहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। कतिपय स्थानमा सिमसिमे पानी परिरहेको छ भने, धेरै स्थानमा रोकिएको अवस्था रहेको छ।

अपरान्ह पछि पहाडी भूभागका केही स्थानका साथै पश्चिमी तराईका थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भूभागमा हावाहुरीसहित असिना पानी पर्ने हुँदा सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभावले देशका विभिन्न ठाउँमा मौसम बदली रहने महाशाखाले जनाएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख ९ गते मंगलवार।