काठमाडौ। कालजयी गीतहरुका ख्यातिप्राप्त बरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङको विलकुलै नयाँ गीतको भिडियो निर्माण भएको छ। प्रदीप श्रेष्ठको निर्देशनमा गायक थुलुङको गीतको भिडियो निर्माण भएको हो।

पछिल्लो समयकी चर्चित नायिका अनु शाहका साथमा दुई कलाकार चन्द्र र जीतुको बेजोड अभिनय रहेको गीतको बोल मैले जस्तै माया गर्ने अर्को कोही पायो होला रहेको छ। यस गीतको रचना गीतकार डी शान्त गजुरेलले गरेका हुन्। स्वर तथा संगीत गायक सूर्य थुलुङको रहेको छ। संगीत संयोजन विपिन आचार्यले गरेका हुन्।

ललितपुरको भैसेपाटी लगायतका मनमोहक स्थानमा छायाँकन भएको गीतको भिडियोमा गीतको बोलअनुरुप कथा बुनिएको छ। जुन स्वभाविक भएको गायक थुलुङको ठहर रहेको छ।

सांगीतिक गायनको लामो यात्रापछि गायक थुलुङको ४० बर्षभन्दा लामो गायनको नयाँ उपलव्धिको रुपमा नयाँ गीत मैले जस्तै माया गर्ने कोही पायो होलाले लिइएको छ। यस गीतमा गायक थुलुङको उही मखमली स्वर तथा संगीतको झरिलो बहारले गीतलाई बेजोड बनाएको छ।

केही दिनपछि गीतको युट्युब मार्फत विश्वव्यापी रिलिज गर्ने क्रममा गायक थुलुङ रहेका छन्। तीसको दशकको सुपरहिट गीत मागी मिठो खांदैन–चोरी राम्रो लाउंदैन–यो नेपाली ठिटो, बादलुको दरवारमा पहाडको मेला, बत्तीहरु निभिसके, मायाको डोरी, माछी मारन दाजै, साह्रै पार्यो आज मलाई लगायतका गीत गायक थुलुङका कालजयी कर्णप्रिय सदावहार गीतहरु हुन्।

प्रकाशन मिति–२०७५ साल असार १९ गते मंगलवार ।