काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) वाट संक्रमित विश्व सुन्दरी समेत रहेकी बलिउडकी छोरी आराध्य सहित ख्यातिप्राप्त अभिनेत्री ऐश्वर्या रायलाई अस्पताल भर्ना गरिएको छ।

स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी अभिनेत्री ऐश्वर्या रायलाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती अस्पतालमा भर्ना गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ। ४६ वर्षीया ऐश्वर्यालाई केही दिनअघि कोरोनाभाइरस (कोभिड–१९) को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो।

त्यसपछि ऐश्वर्या  जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन्। ऐश्वर्याका पति अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै कोभिड–१९ को उपचार भइरहेको छ। गत साता अमिताभ र अभिषेक बाबुछोरालाई कोरोनाभाइरस संक्रमण भएको थियो।

त्यसको भोलिपल्टै ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोभिड–१९ संक्रमण भएको छ । अमिताभकी पत्नी जया बच्चनको पनि परीक्षण गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको छ।
प्रकाशन मिति–२०७७ साल साउन ४ गते आइतवार ।