काठमाडौं। नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रव्दारा आयोजित साधना अनलाइन ट्यालेन्ट हन्ट प्रतियोगिताको टप १५ पुगेकाहरुको फाइनल कान्तिपुर टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारणवाट हुने भएको छ।

फाइनल राउण्ड यही साउन ४ गते आइतवार र साउन ७ गते बुधवार राति ९ बजे कान्तिपुर टेलिभिजनवाट प्रत्यक्ष प्रसारणवाट हुने जानकारी आयोजक साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले वताएका छन्।

७ सय ३८ भन्दा बढी प्रतियोगीहरुले पठाएका गीत भिडियोलाई तीनजना अति विशिष्ट संगीतज्ञहरु रहेको निर्णायक मण्डलले ७ दिन लगाएर टप पचास छानिएको र उनीहरुले पठाएका नयाँ गीतका भिडियोवाट टप–१५ निकालेर उनीहरुवीच फाइनल राउण्ड आयोजना गरिएको जानकारी आयोजक साधना कला केन्द्रका संस्थापक अध्यक्ष मिलन मोक्तानले भिजन संसार डटकमलाई दिएका छन्।

जारी लकडाउनको समयलाई सही सदूपयोग गर्न र गराउन यसप्रकारको विलकुलै नौलो प्रतियोगिताको आयोजना गरेको आयोजक साधना कला केन्द्रकी प्रवन्ध निर्देशक आशा गौतमको भनाई छ। यसले मानिस भित्रको गुम्सिएको प्रतिभालाई प्रस्फुटन गर्न र गराउन सहयोग पुग्न गएको दावी पनि गौतमको रहेको छ।

प्रकाशन मिति–२०७७ साल साउन ३ गते शनिवार ।