Jamana Gubhaju 1काठमाडौ। खुट्टा बालेर भात पकाउनेको श्रीमान अनि नेपालको ऐतिहासिक महान चमत्कारिक पुरुष जो मल्लकालिन प्रसिद्ध तान्त्रिक जामनः गुभाजुको कथा अझैपनि कौतुहल तथा रहस्य मानिन्छ। यही रहस्य तथा कौतुहलताको कथामा नेपालभाषामा चलचित्र जामनः गुभाजु निर्माण भएको छ।

Jamana Gubhaju 5चाँडै नै रिलिज हुने क्रममा रहेको यस चलचित्र जामनः गुभाजुको ट्रेलर सार्वजनिक गरियो। काठमाडौको सामाखुशी स्थित आशीर्वाद कलेजको कम्पाण्डमा आयोजित भव्य कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधान तथा नेपालभाषाका चर्चित हाँस्य कलाकार गणेश सायमीले संयुक्त रुपमा चलचित्रको पोस्टर तथा ट्रेलरको सार्वजनिक गरेका थिए।

Jamana Gubhaju 2कार्यक्रममा चलचित्र जामनः गुभाजुका कलाकार तथा प्राविधिक अनि शुभचिन्तकहरुलाई प्रमुख अतिथि गायक प्रधान र कलाकार सायमीले संयुक्त रुपमा जामनः गुभाजुको प्रतिक मूर्ति सहितको सम्मान–पत्र प्रदान गरिएको थियो।

रवि सायमीको निर्देशनमा निर्मित चलचित्र जामनः गुभाजुको लिडिङ रोलमा सुशील राजोपाध्याय, जामनः गुभाजुको पत्नीको भूमिकामा सरस्वती मानन्धर तथा मल्लराजा प्रताप मल्लको भूमिकामा प्रसिद्ध पत्रकार तथा साहित्यकार पुष्करभक्त माथेमाको साथमा उदेन न्हूसायमि, राजेन्द्र महर्जन, ओमशंकर श्रेष्ठ,सुरज व्यञ्जनकार, अमिता जोशी, अन्नपूर्णेश्वरी श्रेष्ठ, संघरत्न शाक्य लगायतका धेरै कलाकारहरुले अभिनय गरेको जानकारी काठमाडौ मोडेल स्कुलका प्रिन्सिपल राजेन्द्र महर्जनले दिएका छन्।

Jamana Gubhaju 4प्रिन्सिपल महर्जनका अनुसार, काठमाडौ मोडेल स्कुलका विद्यार्थीहरुले बाल–कलाकार भएर अभिनय गरेका छन्। कार्यक्रममा ख्यातिप्राप्त डान्सर रोहिया महर्जनले डरलाग्दो भैरबी डान्स प्रस्तुत गरेकी थिइन्। जुन डान्स निक्कै कठिन तथा डरलाग्दो भैकनपनि अत्यन्त रोमाञ्चक थियो।

Vetran Dancer M/s Rohiyaa Maharjan in Bhairabi Dance Mood.
Vetran Dancer M/s Rohiyaa Maharjan in Bhairabi Dance Mood.

प्रकाशन मिति–२०७४ साल असोज १२ गते विहीवार ।