काठमाडौ। रेडियो नेपालका कुनैबेलाका ख्यातिप्राप्त बाल कार्यक्रम संचालक तथा सुप्रसिद्ध गायक बासुदेव मुनालको दुःखद निधन भएको छ। ६८ बर्षको उमेरमा भक्तपुरको क्यान्सर अस्पतालमा उपचारको क्रममा विहीवार साँझ निधन भएको हो।

Basudev Munal”जय नेपाल ! आउ मेरा प्यारा प्यारा भाई बैनी हो, रेडियो नजिक आउ
अब सुरु हुन्छ तिमीहरुकै बाल कार्यक्रम” भन्दै सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रममार्फत बालबालिका बिच प्रस्तुत हुने पुराना रेडियो प्रस्तोता बासुदेव मुनाल हुन।

बासुदेव मुनालको यही रेडियो कार्यक्रम सुनेर हालका कतिपय पुस्ता हुर्केका हुनुपर्दछ। मुनाललाई घाँटीमा क्यान्सर (पाइरोफ़ोम साइनस) भएको थ्यो। ११ बर्ष अघि मुनालको एक्कासी लडेर ब्रेन ह्याम्ब्रेज समेत भएकोथियो।

बिराटनगरमा बि.स. २००६ सालमा जन्मिएका मुनालले रेडियो नेपालको जागिरमा ४ दशक बिताएका थिए। यसको अलावा स्वर्गिय मुनालले चर्चित गीतकार तथा गायकको बेग्लै इमेज पनि राख्न सफलता प्राप्त गरेका थिए। पानी खाने निउंले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा, झम झम इष्टकोट जस्ता गीत मुनालका चर्चित गीतहरु हुन्।
प्रकाशन मिति–२०७४ साल असोज १२ गते विहीवार ।