काठमाडौं। नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशी गजबका राम्रा गीतकार पनि हुन्। हालसम्म अभिनेता जोशीका ५५ वटा गीतको रेकर्डिङ नै भैसकेको छ।

प्राय गीतहरु हिट लिष्टमा पनि रहेका छन्। पछिल्लो ५५ औं नंबरको गीतको मंगलवार काठमाडौंको भृकुटीमण्डप स्थित अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको छ। उक्त गीतको वोल नै सिरिसिरि फसंकल रहेको छ। यस गीतलाई नव–गायिक कृष्णा महर्जनको सुमधुर गायनमा रेकर्ड भएको छ। संगीत बरिष्ठ संगीतकार अनिल तुलाधरले दिएका छन्। रेकर्डिङ विजय मास्कीले गरेका हुन्।

यस गीतको भिडियो पनि चाँडै निर्माण हुने जानकारी यस गीतका गीतकार पवन जोशीले दिएका छन्। जोशीको यसअघिको गीत भुतुमालि ब्वथें ब्वलः बोलको गीतको भिडियोले कम समयमा व्यापक सफलता प्राप्त गरेको छ। जसको सक्सेस म्युजिकल प्रोग्राम भदौ १२ गते विहीवार कार्यविनायक मन्दिर परिसरमा हुन गैरहेको छ।
प्रकाशन मिति–२०७६ साल भदौं १० गते मंगलवार ।