Rajesh Hamal Singer 2काठमाडौ। पचासको दशकका ख्यातिप्राप्त गायक राजेश हमालले काभ्रेको पाँचखालमा आयोजित कार्यक्रममा तहल्का मच्चाएका छन्। पचासका आफ्ना चर्चित गीतका अलावा हाल चर्चामा आइरहेको तिमी विना कट्दैन रात बोलको गीतमा दर्शकहरु नाचेर गायक हमाललाई साथ दिएका छन्।

हमालको बुनियाद गायन प्रस्तुतिलाई त्यहाँका स्रोता तथा दर्शकहरुको अत्यन्त रुचाएको थियो। स्रोता तथा दर्शकको चाहना अनि रुचिका गीत गाउंदै आएका मेसेन्जर ब्याण्डका गायक समेत रहेका गायक हमालले स्वदेश तथा विदेशमा विभिन्न समयमा सांगीतिक प्रस्तुति दिइसकेका छन्।

बांचुञ्जेल गीत गाउने र गाएरै मर्ने सोच तथा विचारका गायक हमालले हालसम्म आधा दर्जन गीति–एल्वम निकालिसकेका छन्। देश तथा विदेशमा थुप्रै पुरस्कार र सम्मानवाट सम्मानित बनिसकेका छन्।

प्रकाशन मिति–२०७३ साल चैत्र २८ गते सोमवार ।