Binod Khanna

काठमाडौ। चालिसको दशकका ख्यातिप्राप्त बलिउडका अभिनेता विनोद खन्नाको निधन भएको झूठो खवरले शनिवार दिनभर सोसल मिडिया तातिएको छ। विनोद खन्नाको निधन भयो भनेर कतिले हतार–हतार गरेर समवेदना लेखेको पनि पाइयो।

दिनभर बलिउडमा विनोद खन्नाकै खवर सुन्न सवै हतार रहेको पाइयो। यथार्थमा बलिउडका मसहुर अभिनेता विनोद खन्नाको निधन नभएको र विनोद खन्नाको शरीरमा अचानक पानीको कमी हुन पुगेर स्वास्थ्यमा अत्यन्त गंभीर अवस्था हुन पुगेकोले शुक्रबार मुम्वईको एच.एन.रिलायस फाउण्डेसन अस्पताल एण्ड रिसर्च सेन्टर भर्ना गरिएको र त्यही उपचार भैरहेको भारतीय समाचार माध्यम आजतकले लेखेको छ।

आजतकका अनुसार विनोद खन्नाको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको छ। विनोद खन्नाका छोरा राहुल खन्नाले ७० बर्षको उमेरमा पुगिसकेका विनोद खन्नामा डिहाइड्रेसनको समस्या रहेको छ। जसले गर्दा अत्यन्त तकडा र बलिया जस्ता देखिने विनोद खन्नाको शरीर कमजोर र दुव्लो–ख्याउटे देखिएको हो।
प्रकाशन मिति–२०७३ साल चैत्र २६ गते शनिवार।