Musahar Basti

काठमाडौ। मेरी बाँस्सैका हांस्य कलाकार दम्पत्ति धुर्मुस–सुन्तलीको धुर्मुस–सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती करिब करिब तयार भैसकेको छ।

निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्ष २०७४ सालको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने भनिएको छ । तीन महिना लगाएर बनाइएको नमुना बस्ती नेपालका ख्यातिप्राप्त हाँस्य अभिनेता महजोडीले नै मुसहरलाई हस्तान्तरण गर्ने भएका छन् । तीन महिनाअघि महजोडीले नै गरेका थिए।

बस्तीमा निर्मित भ्युटावर सामाजिक अभियन्ता रामआशिष यादव र बस्तीमा निर्मित बालउद्यान तथा मुसहरका कुलदेवताको मन्दिर धुर्मुस–सुन्तलीका आमाबुबाले समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम तालिका धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको छ। बाह्रै महिना दुःखमा जीवन जिउन बाध्य मुसहर समुदाय बस्ती निर्माणले दंग छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र २६ गते शनिवार ।