नायिका तथा मोडल क्षितिजा शाक्य गौतम थापाकी आमा राधिका थापालाई रेना भण्डारीले पठाएको नगद २० हजार हस्तान्तरण गर्दै।
नायिका तथा मोडल क्षितिजा शाक्य गौतम थापाकी आमा राधिका थापालाई रेना भण्डारीले पठाएको नगद २० हजार हस्तान्तरण गर्दै।

काठमाडौ। नेपालका प्रसिद्ध नायिका तथा मोडल क्षितिजा शाक्यको पहलमा टाउकोमा पानी जमेका दुई बर्षका बालक गौतम थापालाई सहयोग राहत मिलेको छ।

जन्मेको दुई महिनादेखि टाउकोमा पानी जम्ने रोगले ग्रस्त गौतमको उपचारको लागि अनेक स्थानमा भौतारिदै हिड्दै गरेकी गौतमकी आमा राधिका थापालाई विहीवार काठमाडौको जमल स्थित आकाशेपुलनिर भेटेर नायिका तथा मोडल क्षितिजा शाक्यले नगद २० हजार हस्तान्तरण गरेकी हुन्।

गौतम थापाको उपचार सहयोग पठाउने रेना भण्डारी।
गौतम थापाको उपचार सहयोग पठाउने रेना भण्डारी।

केही दिनअघि न्यूरोडतिर टाउकोमा पानी जमेको छोरा गौतमलाई लिएर हिंड्दै गरेकी राधिकालाई क्षितिजाले भेटेकी थिइन्। सोही भेटको फोटो सहित फेसबुकमा हालेपछि टाउकोमा पानी जमेका गौतमको उपचारको लागि मलेसियावाट रेना भण्डारीले नगद २० हजार सहयोग पठाएको हो।

सोही सहयोग क्षितिजाले राधिकालाई खोजेर हस्तान्तरण गरेको भनेकी छन्। नेपालको पूर्व मोडल समेत रहेकी रेना भण्डारीले क्षितिजालाई उक्त रकम सहयोग हस्तान्तरण गरिदिन भनेपछि उनले गरेकी हुन्। रेना भण्डारीको सानो सहयोगले गौतमको उपचारमा केही राहत पुग्ने आफूले अपेक्षा गरेको र गौतमको उपचारमा सहयोग गर्न चाहनेहरुले पनि गौतमकी आमा राधिका थापाको मोवाइल नंवर 9809843091 मा संपर्क गर्न हुन पनि क्षितिजाले अनुरोध गरेकी छन्।

Kshitiza Shakya's Fashion Show
Kshitiza Shakya’s Fashion Show

चाँडै नै गौतमको उपचार खर्च जुटाउन आफूले फेसन–शो गर्न लागेको पनि क्षितिजाले भिजन संसारलाई भनेकी छन्। काठमाडौ बोहराटार बस्ने दुई बर्षका गौतम थापा दुई महिना पुग्दा अचानक टाउको फुल्दैआएको र चेकजाँच गराउंदा टाउकोमा पानी जमेको तथा त्यसको उपचार गर्न पाँच लाखभन्दा बढी खर्च लाग्ने भनिएको गौतमकी आमा राधिका थापाले बताएकी छन्।

Khitiza's Help 2छोरोको त्यो अवस्था भएपछि श्रीमानले पनि बेवास्ता गरेको र छोरा १० महिना पुगेपछि अर्को विवाह गरेर श्रीमानले साथ दिन छाडेपछि बेसहारा हुनपुग्दा सडकमा माग्दै हिंड्नु परेको यथार्थता उनले सुनाएकी छन्। राधिकाको साथमा १० बर्षकी छोरी पनि रहेकी छन्। छोराको त्यो अवस्थावाट निक्कै चिन्तित उनी क्षितिजा मार्फत रेना भण्डारीले पठाएको सहयोगवाट छोराको उपचार हुने केही भएपनि आशा पलाएको बताउंदै क्षितिजा र रेनालाई लाख लाख धन्यवाद दिएकी छन्।

Khitiza's Help 4प्रकाशन मिति–२०७३ साल चैत्र २५ गते शुक्रबार ।