काठमाडौ। जनआन्दोलनका प्रणेता लौह पुरुष बीर गणेशमान सिंहको नाममा काठमाडौको कलंकीमा स्थापनामा भएको गणेशमान सिंह बहुमुखी क्याम्पसले स्थापनाको १० बर्ष पूरा गरेको छ। यस अवसरमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोहको आयोजना भयो।

शनिबार क्याम्पसले कलंकीकै शिखर पार्टी प्यालेसमा आयोजित कार्यक्रमको उदघाटन काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले गरेकी थिइन्। विशेष अतिथिका रुपमा बीर गणेशमान सिंहको बुहारी तथा नेपाली कांग्रेसका बरिष्ठ नेता प्रकाशमान सिंहको पत्नी सिर्जना सिंहको उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रमको लगतै १४ टीम वीच रोचक नृत्य प्रतियोगिता पनि भएको थियो। त्यस नृत्य प्रतियोगिताको निर्णायक अग्रज कलाकार तथा चलचित्र निर्देशक अमृतमान महर्जन थिए।

महर्जनको निश्पक्ष निर्णयवाट उत्कृष्ट बनेका नृत्य टीमलाई पुरस्कार प्रदान गरिएको थियो। आयोजकका तर्फवाट निश्पक्ष निर्णय गरेर सर्वोत्कृष्ट कार्यकुशलता प्रदर्शन गर्ने निर्णायक अमृतमान महर्जनलाई पनि आयोजक क्याम्पसले सम्मान प्रदान गरेको थियो।


प्रकाशन मिति–२०७४ साल चैत्र २४ गते शनिवार ।