काठमाडौ। गायिका सुशिला पाठक कुनै मोडल भन्दा कम छैनन्। आफ्ना गीतका भिडियोमा आफै मोडलिङ गर्न रुचाउने यिनै गायिका पाठकको पछिल्लो गीतको भिडियो रिलिज भएको छ। जसमा गायिका पाठकले साइक्लिङ गरेर गजबले राष्ट्रप्रेमले ओतप्रोत गीत गाएकी छन्।

म त नेपाली बोलको गीत गायिका पाठक आफैले मोडलिङ गरेर गाएकी हुन्। अमेरिका प्रवासमा रहेकी गीतकार अम्बिका गुरुङको शव्द तथा ख्यातिप्राप्त संगीतकार शिलावहादुर मोक्तानको संगीत गीतमा रहेको छ। जुन गीत युट्युबवाट विश्वव्यापी प्रसारणमा आइसकेको छ।

समन अधिकारीको निर्देशन रहेको यस गीतको भिडियोमा गायिका पाठकका साथमा कलाकार जुना सुन्दासको पनि अभिनय रहेको छ। भिडियोमा ड्रोनको समेत प्रयोग गरिएको छ। अनिल कटवालले ड्रोनको कमाल देखाएका छन् ।ज्ञानेन्द्र शर्मा र निरोज श्रेष्ठले आफ्नो क्यामरा मार्फत राम्रा दृश्य कैद गरेर भिडियोलाई जिवन्त बनाएका छन्। विकास ज्ञवालीले भिडियोका दृश्यलाई कमालसंग काटकुट पारेर राम्रो सम्पादन गरेका छन्।

Now you are showing Sushila Pathak’s Music Video

प्रकाशन मिति–२०७५ साल असार १३ गते बुधवार ।