काठमाडौं। नेपालको एडभेन्चर स्टारको रुपमा विश्वविख्यात कराँतेका खेलाडी तथा नेपाली अभिनेता गौतम खातीको प्रस्तुति तथा खोजमा भिजिट डाँछी नामक डकुमेन्ट्री निर्माण भएको छ। काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकाको राजधानी नै मानिएको डाँछीको आन्तरिक पर्यटनलाई मध्यनजर गरेर भिजिट डाँछी निर्माण भएर सार्वजनिक भएको हो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ४ स्थित डाँछी आफैमा महत्व र विशेषता वोकेको स्थान भएको सार्वजनिक भएको डकुमेन्ट्रीले खुलासा गरेको छ । डाँछी भनेको लिच्छिवीकालिन सभ्यता वोकेको ऐतिहासिक तथ्य तथा प्रमाणका आधारमा पैसाको घर हो । यो यथार्थतालाई पुष्टि गर्न र गराउन भिजिट डाँछीले गर्न खोजेको पाइएको छ।

धेरै कुरा नगरिकन चावहिल–जोरपाटी–साँखुको हाइ–वेमा रहेको डाँछी बेखवर बनिरहेकोमा खबर बनाउन आफूले भिजिट डाँछी डकुमेन्ट्री बनाएर प्रचार प्रसार गर्न खोजेको जानकारी डकुमेन्ट्री सार्वजनिक समारोहमा निर्माता तथा निर्देशक समेत रहेको गौतम खातीले भनेका छन्।

कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष भाइकाजी अधिकारीको सभापतित्वमा भएको समारोहमा नेपाल प्रहरी लगायतका उच्च पदाधिकारीहरुको विशेष सहभागिता रहेको थियो । सवैले गौतम खातीको कार्यको प्रशंशा गरेका थिए।

प्रकाशन मिति–२०७८ साल माघ २६ गते बुधवार ।