काठमाडौ। चरा विषयक कलाका विख्यात् कलाकार हिरालाल डंगोलको क्यान्सर रोगका कारण शुक्रबार साँझ ५ बजे दुःखद निधन भएको छ। ७८ वर्षको उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा नै निधन भएको हो।

Hira Lal Dangol

५० वर्षअघि अंग्रेजी भाषामा प्रकाशित पुस्तक बर्डस् अफ् नेपाल पुस्तकमा कलाकार डंगोलले कोरेका चित्रले विश्वसामु नेपाल पंक्षी सम्पदामा धनी रहेको प्रमाणित गरेको थियो।

दुर्इ महिनाअघिमात्रै कलाकार डंगोलका साथमा दुर्इ सुपुत्र र दुर्इ सुपुत्री सहितको संयुक्त पंक्षी चित्रकला प्रदर्शनी काठमाडौको बबरमहल स्थित आर्ट काउन्सिलमा भव्यताका साथ भएको थियो।

नेपालका विश्वप्रसिद्ध एक इमान्दार र निष्ठावान् कलाकारको निधनले कला क्षेत्र दुःखित् भएको छ। राष्ट्रका अमूल्य विभूति कलाकार डंगोलको अन्तिम श्रद्धाञ्जली शनिबार बिहान पशुपति आर्यघाटमा हुने स्वर्गवासी कलाकार डंगोलका कान्छो सुपुत्र इश्वर डंगोलले भनेका छन् ।
प्रकाशन मिति–२०७३ साल चैत्र ४ गते शुक्रबार ।